SHARE
मकालु खबर · बुधबार २० साउन २०८३ ०१:५५ PM · 1 मिनेट पढाइ

निर्वाचन आयोगको निर्वाचन शिक्षा कार्यक्रमलाई निरन्तरता

काठमाडौं । निर्वाचन आयोगले विद्यालय तहका विद्यार्थीमा लोकतान्त्रिक अभ्यास र निर्वाचन प्रक्रियाबारे जानकारी अभिवृद्धि गर्न निर्वाचन शिक्षा कार्यक्रमलाई निरन्तरता दिएको छ । आयोगको कार्यालय, बहादुर भवनमा रहेको निर्वाचन शिक्षा तथा सूचना केन्द्र ९इइआसी०मार्फत सञ्चालित कार्यक्रमबाट मतदाता शिक्षा र निर्वाचनको महत्त्वबारे बुझाइएको हो ।