SHARE
मकालु खबर · सोमबार १८ साउन २०८३ ११:१६ AM · 1 मिनेट पढाइ

यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन कार्यविधि आवश्यकः अध्यक्ष सिटौला

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन व्यवसायीहरू तयार रहेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित बागमती प्रदेश समितिको सम्मान, पदस्थापन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।