एएफसी यु–२३ एशियन कपमा छनोट हुने लक्ष्य छ : नेपाली टोली
नेपाली यु–२३ युवा टोलीले ताजिकिस्तानमा तय एएफसी यु–२३ एसियन कप क्वालिफिकेसनमा छनोट हुने लक्ष्यका साथ उत्रने बताएको छ । नेपाली युवा टोलीले आगामी सेप्टेम्बर ३ देखि ताजिकिस्तानमा हुने यु–२३ एसियन कप क्वालिफिकेसनमा समूह ‘के’ बाट चुनौती प्रस्तुत गर्दै छ ।