मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध
जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले विवाह, व्रतबन्ध, धार्मिक कार्य, मेला, ¥याली तथा अन्य सामाजिक कार्यक्रममा मापदण्डविपरीत चर्को आवाजमा डीजे बाजा र ध्वनि विस्तारक यन्त्र बजाउँदा ज्येष्ठ नागरिक, बालबालिका, बिरामी र विद्यार्थीको स्वास्थ्य तथा पठनपाठनमा प्रतिकूल असर गर्ने भन्दै यस्ता यन्त्रको अनाधिकृत प्रयोग नगर्न÷नगराउन सबैमा अनुरोध गरेको छ ।