बुटवल यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ
रुपन्देही प्रहरीले बुटवलस्थित यातायात व्यवस्था कार्यालय परिसरबाट बिचौलियाको काममा संलग्न सात जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कृष्णकुमार चन्दकाअनुसार सोमबार बुटवल उपमहानगरपालिका–१३ स्थित यातायात व्यवस्था कार्यालय रुपन्देहीको परिसरमा सेवाग्राहीलाई लक्षित गरी बिचौलियाको काम गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।