SHARE
पर्दाफास · मङगलबार ९ मंिर २०८३ ११:२२ AM · 1 मिनेट पढाइ

सरकारलाई गगन थापाको चेतावनी– ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्ने माध्यम नबनाउन सरकारलाई चेतावनी दिएका छन् । मंगलबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारको आलोचना गर्ने र प्रश्न उठाउनेहरूमाथि विभिन्न माध्यमबाट घेराबन्दी गर्ने प्रयास भइरहेको आरोप लगाएका हुन् ।