रास्वपा सांसद मनिष झाले दिए चेतावनी- ‘सुनकोसी–मरिण आयोजना रद्द भए मधेस आन्दोलित हुन्छ’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आयोजना अलपत्र पार्ने नभई निर्धारित योजनाअनुसार सम्पन्न गर्न सरकारसँग स्पष्ट कार्ययोजना माग गरेका छन् । उनले भने,‘ यो आयोजना रद्द भयो भने मधेस आन्दोलित हुनेबाहेक अर्को कुनै विकल्प हुँदैन ।