५० लाख पर्यटक भित्र्याउन पोखरा र गौतमबुद्ध विमानस्थलको उपयोगमा जोड
रेमिट्यान्समा आधारित नेपालको अर्थतन्त्रलाई उत्पादन र रोजगारी सिर्जनातर्फ रूपान्तरण गर्न पर्यटन क्षेत्रलाई प्रमुख आर्थिक आधार बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । त्यसका लागि पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी उपयोग गर्दै क्षेत्रीय हवाई सम्पर्क विस्तार गर्नुपर्ने उनीहरूको भनाइ छ ।