नेपाली सेनामा ६ अधिकृतको बढुवा, प्रधानसेनापति सिग्देलले लगाए दर्ज्यानी चिन्ह
प्रधानसेनापति अशोकराज सिग्देलले पदोन्नति भएका ६ जना सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। मन्त्रिपरिषद्को मंसिर ४ गतेको निर्णयअनुसार रथी दर्जामा पदोन्नति भएका उपरथी अनुपजंग थापालाई प्रधान सेनापति सिग्देलले मंगलबार जंगी अड्डामा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। सोही अवसरमा उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी मनोज थापालाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।