SHARE
पर्दाफास · मङगलबार ९ मंिर २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द

प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्नुपर्ने बहस भएको छ । समितिमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले विधेयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्दलाई हटाएर अन्य उपयुक्त शब्द राख्नुपर्नेमा जोड दिएका हुन् ।