प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं : सेयर कारोबार साताको तेस्रो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यो समयमा नेप्से परिसूचक ०.९४ अंकले बढेर २५७७.२३ विन्दुमा अडिएको छ।प्रि ओपन सेसनमा ३९ वटा स्टक्सको १ हजार ३५ कित्ता सेयर ९ लाख ३० हजार ८२५ रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा १८ वटाको घटेको छ। बाँकी ४ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण