SHARE
अन्नपूर्ण · बिहीबार ११ मंिर २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

डाक्टरी पढाइले थिचिँदै अभिभावक

काठमाडौं : वृद्ध अभिभावकको उपचार र दुई छोराको उज्ज्वल भविष्य सुनिश्चित गर्न तनहुँका भीष्मकान्त भण्डारी दम्पतीले वैदेशिक रोजगारी रोजे। समाजशास्त्रमा स्नातकोत्तर गरेका भण्डारी स्वदेशमै मासिक झन्डै ५० हजार रुपैयाँ कमाउँथे। तर, दुई छोराले भविष्यमा एमबीबीएस पढ्न चाहेमा स्वदेशको कमाइले खर्च धान्न नसक्ने निष्कर्षमा पुगेपछि उनी जापान हानिए।४९ वर्षीय भण्डारीको स्वदेशको कमाइले घरखर्च चलाउनै ठिक्क हुन्थ्यो, बचत हुँदैनथ्यो।