SHARE
अन्नपूर्ण · बिहीबार ११ मंिर २०८३ ०३:०० AM · 1 मिनेट पढाइ

नेतन्याहूविरुद्धका अधिकांश भ्रष्टाचार आरोप फिर्ता लिन इजरायली न्यायाधीशको सुझाव

काठमाडौँ : इजरायलका न्यायाधीशहरूले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूविरुद्ध लगाइएका भ्रष्टाचारसम्बन्धी सबैभन्दा गम्भीर आरोपमध्ये अधिकांश फिर्ता लिन अभियोजन पक्षलाई सुझाव दिएका छन् ।बिबिसिका अनुसार तीनवटा भ्रष्टाचार मुद्दाको सामना गरिरहेका नेतन्याहूलाई यस निर्णयले राजनीतिक रूपमा राहत दिन सक्ने देखिएको छ । न्यायाधीशहरूले पहिलो मुद्दामा दोषी ठहर हुने सम्भावना निकै कम रहेको भन्दै अभियोग पुनर्विचार गर्न महान्यायाधिवक्तालाई सुझाव दिएका हुन् ।