SHARE
अन्नपूर्ण · बिहीबार ११ मंिर २०८३ ०२:०० AM · 1 मिनेट पढाइ

अमेरिकी सेनाद्वारा पाँच टन विष्फोटक पदार्थ विस्फोट, ‘ठूलो सफलता’ भएको दाबी

काठ्माडौँ : अमेरिकी सेनाले आयोवामा करिब पाँच टन विषाक्त विस्फोटक पदार्थ नियन्त्रित रूपमा विस्फोट गराएको छ । सेनाले उक्त अभियानलाई ‘ठूलो सफलता’ भनेको छ ।स्थानीय समयअनुसार बुधबार बिहान ९ बजेपछि विस्फोट गराइएको थियो । विस्फोटपछि आकाशमा धुवाँ देखिएको थियो । यसबाट स्वास्थ्य तथा वातावरणमा असर पर्ने भन्दै स्थानीय बासिन्दाले चिन्ता व्यक्त गर्दै आएका थिए ।अमेरिकी सेनाका कार्यवाहक सचिव एडम टेलले नियन्त्रित विस्फोट अपेक्षाभन्दा बढी सफल भएको दाबी गरेका छन् ।