SHARE
अन्नपूर्ण · बुधबार १० मंिर २०८३ ११:०० PM · 1 मिनेट पढाइ

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी र कुटपिट, ससुरा र श्रीमान् पक्राउ

विराटनगर : मोरङको कानेपोखरी गाउँपालिका–६ मा १४ वर्षीया बालिकामाथि भएको जबरजस्ती करणी र कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा पीडित बालिकाकै ससुरा र श्रीमान् रहेका छन् ।जिल्ला प्रहरी कार्यालय मोरङले मंसिर ९ गते प्रेस विज्ञप्ति जारी गर्दै घटनाको विवरण सार्वजनिक गरेको हो ।