SHARE
अन्नपूर्ण · बिहीबार ११ मंिर २०८३ १२:०० AM · 1 मिनेट पढाइ

जन्ती बोकेको बोलेरो र ट्र्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, ११ घाइते

नवलपुर : नवलपुरको मध्यविन्दु नगरपालिका-११ अरुणखोलास्थित बाहुनीकुनामा जन्ती बोकेको बोलेरो जिप र ट्र्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।मृत्यु हुनेमा विनयी त्रिवेणी गाउँपालिका-४ का ३० वर्षीय चुरेन्द्र चौधरी रहेको प्रहरी चौकी अरुणखोलाका प्रहरी सहायक निरीक्षक भीमबहादुर थापाले जानकारी दिए ।कावासोती नगरपालिका-१६ डण्डाबाट दुम्कीबासतर्फ जन्ती लिएर जाँदै गरेको लु २ च ८९९७ नम्बरको बोलेरो जिप र लु २ त २४१७ नम्बरको ट्र्याक्टर आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।