SHARE
अन्नपूर्ण · बिहीबार ११ मंिर २०८३ ०४:०० AM · 1 मिनेट पढाइ

अमेरिकी आरोप भारतद्वारा अस्वीकार, व्यापार सम्झौता छिट्टै टुङ्ग्याउन आग्रह

नयाँदिल्ली : भारतले आफ्नो औद्योगिक तथा व्यापार नीतिका कारण आवश्यकताभन्दा बढी उत्पादन क्षमता (ओभरक्यापासिटी) सिर्जना भएको अमेरिकी आरोप अस्वीकार गरेको छ ।भारतीय वाणिज्य मन्त्रालयले बुधबार देशको कुनै पनि क्षेत्रमा आवश्यकताभन्दा बढी उत्पादन क्षमता नरहेको स्पष्ट पारेको हो । व्यापारसँग सम्बन्धित कुनै पनि विवाद वा चासोको समाधान भारत र अमेरिकाबीच जारी द्विपक्षीय वार्तामार्फत हुनुपर्ने भारतको भनाइ छ ।