SHARE
अन्नपूर्ण · बिहीबार ११ मंिर २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

होल्डिङ सेन्टर खाली गर्न ३ दिनको म्याद

भक्तपुर : उपत्यकाको नदी किनारका सुकुम्बासी बस्ती हटाउँदा विस्थापित भई होल्डिङ सेन्टरमा रहेका परिवारलाई तीन दिनभित्र स्थान खाली गर्न अल्टिमेटम दिइएको छ।कृषि विकास बैंकको तालिम केन्द्र, बोडेमा आश्रय लिइरहेका विस्थापितहरूलाई तीन दिनभित्र होल्डिङ सेन्टर खाली गर्न बुधबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले अल्टिमेटम दिएको हो।प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले एक सूचना जारी गर्दै शुक्रबार दिउँसो २ बजेभित्र होल्डिङ सेन्टर खाली गर्न आदेश दिएका छन्।