SHARE
अन्नपूर्ण · बिहीबार ११ मंिर २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

निजी क्षेत्रलाई पखेटा देऊ

प्रधानमन्त्री वालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणको मुख्य उपलब्धि करिब २४० अर्ब रुपैयाँबराबरको विकास सहायता घोषणा रह्यो। बन्दरगाह पहुँच विस्तार, विद्युत् व्यापार, कृषि औद्योगिक पार्क, हवाई सम्पर्क र प्रविधि सहकार्यजस्ता सहमतिले मुलुकको आर्थिक सम्भावनाका नयाँ ढोका उघारेका छन्। अन्तरदेशीय सम्पर्क सञ्जाल र ऊर्जा व्यापार अर्थतन्त्रका मुख्य रक्तसञ्चार हुन्।