उठाइएन त्रिदेशीय जलवायु संयन्त्रको मुद्दा
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने राजकीय भ्रमणका क्रममा आफैंले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा उठाएको ‘त्रिदेशीय जलवायु संयन्त्र’ को मुद्दा नउठाएकामा जलवायु विज्ञहरूले आश्चर्य व्यक्त गरेका छन्।गत सेप्टेम्बरमा सम्पन्न महासभामा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न भारत, चीन र नेपाल सम्मिलित संयुक्त त्रिदेशीय जलवायु संयन्त्र निर्माण गर्न आवश्यक रहेको धारणा राख्दै हिमाललाई अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशाला बनाउनुपर्ने प्रस्ताव गरेका थिए।