SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०२:३३ AM · 1 मिनेट पढाइ

काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आठ हजार ६० नयाँ नागरिकता जारी गरेको छ । सोही अवधिमा २७ हजारभन्दा बढी जिल्लाका नागरिकले राष्ट्रिय परिचयपत्रका लागि आवेदन गरेको जनाइएको छ ।