हुरीबतासले प्रसारण लाइनमा क्षति पुर्याउँदा मुस्ताङमा विद्युत् अवरुद्ध
म्याग्दी । हुरीबतासका कारण म्याग्दी भएर मुस्ताङमा आपूर्ति हुने केन्द्रीय प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत् अवरुद्ध बनेको छ । म्याग्दीको दानादेखि मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र कोबाङ खण्डमा मङ्गलबारको हुरीबतासले विद्युत्का पोल ढलाएको र तार चुडिँदा ३३ केभी क्षमताको प्रसारण लाइनमार्फत मुस्ताङ जिल्लाभर आपूर्ति हुने विद्युत् सेवा अवरुद्ध बनेको हो ।