सडक कालोपत्रले फेरियो राप्तीसोनारीका गाउँको मुहार
बाँके । जिल्लाको राप्तीसोनारी गाउँपालिकाका भित्री ग्राभेल सडक कालोपत्र भएपछि स्थानीय खुसी भएको पाइएको छ । दुर्गम मानिने गाउँका सडक कालोपत्र भएपछि गाउँ र बजारबीचको दूरी कम भएको स्थानीय देवदास चौधरीले जानकारी दिए । ती कालोपत्रे सडकले मुख्य राजमार्ग र हुलाकी सडकलाई जोड्न सहज भएको उनको प्रतिक्रिया छ ।