चितवनको टाँडीमा खुल्यो एथरको १७औँ एक्सपेरियन्स सेन्टर
काठमाडौं । नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले चितवनको रत्ननगरस्थित टाँडीमा एथरको १७औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ । नयाँ सेन्टर खुलेसँगै चितवनको रत्ननगर र आसपासका ग्राहकलाई एथरका विद्युतीय स्कुटरबारे जानकारी लिन, टेस्ट राइड गर्न र खरिदका लागि परामर्श लिन सजिलो हुने कम्पनीले जनाएको छ ।