नारायणगढ–भरतपुरको मुख्य चोकमा ट्राफिक व्यवस्थापन सहज बनाउन बत्ती जडान
चितवन । चितवनको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरका विभिन्न चोकमा ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ । सडक दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले जडान गरिएका ट्राफिक बत्ती बिहीबारदेखि सञ्चालनमा आएका हुन् । पुलचोक–गोन्द्राङ छ लेन सडक र बाइपास रोडका विभिन्न ६ स्थानमा ट्राफिक बत्ती जडान गरिएको छ ।