एनआईसी एसिया बैंक र ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य समायोजन, भोलिदेखि नयाँ मूल्यमा कारोबार हुने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआईसी एसिया बैंक र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । एनआईसी एसिया बैंकको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएपछि मूल्य समायोजन गरिएको हो । बिहीबारको अन्तिम कारोबार मूल्य ३२५ रुपैयाँका आधारमा बैंकको सेयर मूल्य समायोजन गरी २५० रुपैयाँ कायम गरिएको छ ।