नागढुंगा–सिस्नेखोला सुरुङमार्गको एन–ट्याग अब सानिमा बैंकका सबै शाखाबाट पाइने
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्न आवश्यक पर्ने एन–ट्याग अब सानिमा बैंकका देशभरका शाखाबाट प्राप्त गर्न सकिने भएको छ । सुरुङमार्गमा यात्रा गर्दा टोल शुल्क तिर्न सजिलो बनाउने उद्देश्यले विद्युतीय टोल भुक्तानी प्रणाली लागू गरिएको छ । यसका लागि सवारीसाधनको अगाडिको सिसामा एन–ट्याग स्टिकर टाँस्नुपर्ने हुन्छ ।