इजिप्टमा तेल बोकेको ट्यांकरमा भीषण आगलागी, ३१ जनाको मृत्यु
एजेन्सी– इजिप्टको राजधानी कायरोमा तेल बोकेको ट्यांकर पल्टिएर आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। कायरोको वराक क्षेत्रस्थित रिङ रोडमा बुधबार राति भएको दुर्घटनामा ट्यांकर अनियन्त्रित भएर पल्टिएपछि भीषण आगलागी भएको थियो। आगो तीव्र रूपमा फैलिएपछि सडकमा गुडिरहेका तथा नजिकै पार्क गरिएका अन्य सवारीसाधनसमेत जलेर नष्ट भएका छन्।