पिकअप र ट्याक्टर ठोक्किदा एकजनाको मृत्यु, १३ घाइते
काठमाण्डु – नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका–११, बाहुनिकुनामा बोलेरो पिकअप र ट्याक्टर आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । बुधबार राति लु.२ च. ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आइरहेको लु.२ त. २४१७ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।