‘देउवाले संवादको ढोका बन्द गर्नुभयो, कांग्रेस सभापतिकै नाममा गतिविधि गर्नु लाजमर्दो’
काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पूर्वसभापति शेरबहादुर देउवालाई सभापतिबाहेक जुनसुकै पद दिन आफूहरू तयार रहेको बताएका छन्। उनले कांग्रेसलाई एकताबद्ध बनाउन देउवा पक्षसँग विभिन्न विकल्पमा संवादको प्रयास गरे पनि उनीहरूकै कारण वार्ताको ढोका बन्द भएको दाबी गरेका छन्।