पौडीमा ४ राष्ट्रिय कीर्तिमान, बागमतीलाई ९ स्वर्ण पदक
कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुधबार दोस्रो दिन पौडीमा ४ नयाँ कीर्तिमान बनेका छन् । बाँकेको नेपालगञ्जस्थित पौडी पोखरीमा जारी प्रतियोगितामा पुरुष ४०० मिटरमा सुदूरपश्चिमका अर्थव सिंह, १०० मिटर ब्रेस्ट स्ट्रोकमा बागमतीका अभिव प्रधान र महिला ८०० मिटर फ्रिस्टायलमा एनआरएनए लिली बोहराले नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् ।