दानबहादुर कार्कीको रिट सात दिनभित्र सुनुवाइ गर्न सर्वोच्चको आदेश, पेसी हटाउन नपाइने
काठमाण्डु- पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। तर, मुद्दाको संवेदनशीलता र सार्वजनिक महत्वलाई ध्यानमा राख्दै लिखित जवाफ प्राप्त भएपछि वा त्यसको म्याद सकिएपछि सात दिनभित्रै सुनुवाइमा चढाउन आदेश दिएको छ।