तीन दिनमै तीन चिनियाँ पक्राउ, एक सातापछि फेरि दुई महिला दुई किलो बढी अर्धठोस सुनसहित समातिए
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शरीरभित्र सुन लुकाएर ल्याएका दुई चिनियाँ महिला पक्राउ परेका छन् । उनीहरूको साथबाट दुई किलो ३४८ ग्राम सुन जस्तो पहेँलो अर्धठोस पदार्थ बरामद भएको छ। पक्राउ पर्नेमा चीनको ग्वाङ्दोङकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ रहेका छन् ।