यूएईमा ब्याजमा ऋण दिन प्रतिबन्ध
दुबई : संयुक्त अरब इमिरेट्स (यूएई) मा व्यक्तिगत रूपमा अर्को व्यक्तिलाई ब्याजमा पैसा ऋण दिने कार्यलाई गैर कानूनी मानिन्छ ।यस्तो कारोबारमा संलग्न व्यक्तिलाई आपराधिक कसुरमा कम्तीमा एक वर्ष कैद र ५० हजार दिराम जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ। यूएईको सॅघीय कानून अनुसार एक व्यक्तिले अर्को व्यक्तिलाई ब्याजमा ऋण दिनु गैरकानुनी हो।कानुनले प्रत्यक्ष ब्याज मात्र नभई ऋण दिएको रकमभन्दा बढी रकम अन्य नाममा असुल गर्ने कार्यलाई समेत गैर कानूनी मानिन्छ ।