SHARE
अन्नपूर्ण · बुधबार १० मंिर २०८३ ०१:०० AM · 1 मिनेट पढाइ

रियादमा हुथी आक्रमणमा तीन नेपालीसहित ११ जना घाइते

रियाद : साउदी अरबको राजधानी रियादस्थित वित्तीय केन्द्रको एक अग्लो भवनमा हुथी विद्रोही समूहले गरेको आक्रमणमा परी तीन नेपालीसहित ११ जना घाइते भएका छन्।साउदी अरबको सरकारी समाचार संस्था साउदी प्रेस एजेन्सी (एसपीए) का अनुसार मंगलबार (नोभेम्बर २४) वित्तीय केन्द्रस्थित एक भवनलाई लक्षित गरी आक्रमण गरिएको थियो।आक्रमणमा दुई साउदी नागरिक, दुई भारतीय, तीन नेपाली र चार इजिप्सियन नागरिक घाइते भएका छन्।