SHARE
अन्नपूर्ण · मङगलबार ९ मंिर २०८३ ११:०० PM · 1 मिनेट पढाइ

इजरायली आक्रमणमा हमासका सुरक्षा प्रमुखसहित ७ जनाको मृत्यु

काठमाडौँ : गाजामा भएको इजरायली हवाई आक्रमणमा हमासको आन्तरिक सुरक्षा निकायका प्रमुख नइम अबु नहलको मृत्यु भएको छ ।बीबीसी उर्दूका अनुसार हमासद्वारा सञ्चालित आन्तरिक मन्त्रालयले गाजा सहरको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा अबु नहल मारिएको पुष्टि गरेको छ । ५० वर्षीय नहललाई यसै वर्षको सेप्टेम्बरमा आन्तरिक सुरक्षा प्रमुखको जिम्मेवारी दिइएको थियो । उनका पूर्ववर्तीलाई इजरायली सेनाको विशेष बलले कारबाहीका क्रममा पक्राउ गरेपछि नहललाई उक्त पदमा नियुक्त गरिएको थियो ।