पाकिस्तानसँग फराकिलो हार बेहोर्दै बाहिरियो नेपाल
काठमाडौं : एसिया कप राइजिङ स्टार्समा समूह बी अन्तर्गतको अन्तिम खेलमा पाकिस्तान ‘ए’सँग ९६ रनले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको छ। समूह बी मा नेपालले तीन खेलमा एक मात्र जित दर्ता गर्दै समूहचरणबाटै बाहिरिएको हो। लाई हराउँदै पाकिस्तान ‘ए’ भने समूह बीको विजेताको रुपमा सेमिफाइनल खेल्नेछ। कतारको दोहास्थित भइरहेको खेलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ४२ ओभरमा १६८ रन बनाउँदै अल आउट भएको थियो।