SHARE
अन्नपूर्ण · मङगलबार ९ मंिर २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका–१, रातोमाटेबाट प्रहरीले दुई थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय सुमन भन्ने पञ्चबहादुर थिङ रहेका छन्।जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको संयुक्त प्रहरी टोलीले थिङको घरमा चेकजाँच गरेको थियो। तलासीका क्रममा घरको खाटमुनि बोराभित्र लुकाई छिपाई राखेको चालु अवस्थामा रहेका दुई थान भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।