बुटवल यातायात कार्यालयबाट बिचौलिया पक्राउ
बुटवल : यातायात व्यवस्था कार्यालय बुटवल, रूपन्देहीबाट सात जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। मङ्गलबार यातायात कार्यालय परिसरमा बिचौलियाको काम गरिरहेकाहरूलाई पक्राउ गरिएको हो।पक्राउ पर्नेमा मालिका गाउँपालिका वडा नं. ५ गुल्मी बस्ने २३ वर्षीय मनोज अर्याल, तिलोत्तमा नगरपालिका वडा नं. ५ का ४२ वर्षीय हेमप्रसाद भट्टराई, बुटवल उपमहानगरपालिका वडा नं. १३ का ४३ वर्षीय लक्ष्मी खनाल रहेका छन्।