SHARE
अन्नपूर्ण · मङगलबार ९ मंिर २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबारबाट सुरु

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबारबाट सुरु भएको छ। पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भमा सभापति गगनकुमार थापाले सम्बोधन गरेका थिए। त्यस्तै, महामन्त्री प्रदीप पौडेलले संगठनको आगामी कार्यभार, हामी तयार छौँ अभियान, भोटेकोशी र बूढीगण्डकी विपद् पछिको पुनःस्थापना र पुनर्निर्माण, विस्थापित सुकुम्बासीहरूको व्यवस्थापन लगायत नागरिक सरोकारका विषय, सरकारका पछिल्ला गतिविधिहरू शीर्षकको कार्यसूचीहरु प्रस्तुत गरेका थिए।