SHARE
अन्नपूर्ण · मङगलबार ९ मंिर २०८३ १०:०० PM · 1 मिनेट पढाइ

१०औं राष्ट्रिय खेलकुदको पहिलो दिन : बागमती प्रदेश शीर्ष स्थानमा

दैलेख : १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतका खेलहरू मंगलबार देखि सुरु भएका छन्। औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि खेल भने मंगलबारदेखि नै सञ्चालन भएका हुन्।प्रतियोगिताको पहिलो दिनको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ। राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको पहिलो दिनको पदक तालिकाअनुसार बागमती प्रदेशले ४ स्वर्ण, २ रजत र ३ कास्य गरी ९ पदक जितेको छ।