हसिना विजय दिवसकै दिन बंगलादेश फर्कने, प्रधानमन्त्री रहमानलाई राष्ट्रिय ध्वजावाहक विमानको व्यवस्था गर्न माग
ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गरेकी छिन् । तर, मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकी उनी फर्किएमा पक्राउ पर्ने र जेल चलान हुने सम्भावना छ ।