आज साँझ ५ः३० बजे सेल ब्रोडकास्टिङ प्रणालीको परीक्षण गरिने
काठमाडौं । विपद्का समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले नेपालमै विकसित ‘सेल ब्रोडकास्टिङ प्रणाली’ (सिबिएस) को प्राविधिक परीक्षण आज गरिने भएको छ । गृह मन्त्रालयका अनुसार सोमबार साँझ ५ः३० बजे काठमाडौंका केही सीमित क्षेत्रमा उक्त प्रणालीको परीक्षण गर्न लागिएको हो ।