SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ मंिर २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

भारत ‘ए’ले नेपाललाई ३ सय ३३ रनको विजयी लक्ष्य

काठमाडौं : एसिया कप राइजिङ स्टारको पहिलो खेलमा भारत ‘ए’ले नेपाललाई ३ सय ३३ रनको विजयी लक्ष्य दिएको छ। भारतले ‘ए’ ९ विकेट गुमाउँदै ५० ओभरमा ३ सय ३२ रन बनाएको हो। कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो।