SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ मंिर २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

मधेश सरकार गठनको समयावधि सकियो, सरकार गठन अन्योलमा

जनकपुरधाम : मधेश सरकार गठनको प्रक्रिया राजनीतिक असहमतिका कारण अन्योलमा परेको छ। प्रदेश प्रमुखको कार्यालयले सरकार गठनका लागि दिएको समयसीमा आज अपराह्न ४ बजे सकिँदा समेत कुनै पनि दलले स्पष्ट बहुमत सहित दाबी पेस गर्न नसकेपछि प्रक्रिया लम्बिएको हो।मधेश सरकार गठनको प्रक्रिया अहिले संविधानको धारा १६८ (२) र १६८ (३) को भुँमरीमा अल्झेको छ। प्रदेश प्रमुखले धारा १६८ (२) बमोजिम बहुमतको सरकार गठनका लागि दिएको समयसीमा भित्र तीन दलका संसदीय नेताले म्याद थपको निवेदन दिए।