डान्सबारमा ‘सिभिल प्रहरी हुँ’ भन्दै धाकधम्की दिने दुई जना पक्राउ
काठमाडौं : आफूहरु सिभिल प्रहरी भएको बताउँदै काठमाडौंको ज्याठास्थित एक डान्सबारका संचालक तथा कर्मचारीलाई धाकधम्की र अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–८ घर भई हाल भक्तपुर बस्ने २२ वर्षीय नवराज कुँवर र सोही स्थान घर भई भक्तपुर नै बस्ने १८ वर्षीय सुमन तामाङ रहेका छन्।