SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ मंिर २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

निर्वाचनको मिति घोषणाबारे अहिले नै बोल्न हतार हुन्छ : निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले सबैको सहमति अनुसार नै स्थानीय र प्रदेशसभाको निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गर्ने जनाएको छ । शुक्रबार प्रमुख राजनीतिक दलहरूसँगको छलफलपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोग आफैँमा निर्णायकभन्दा पनि सहजकर्ता र समन्वयकर्ताका रूपमा रहने भएकाले सरोकारवालासँग समन्वय गरी साझा सहमतिअनुसार निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिने बताएका हुन्।उनले निर्वाचनको मिति घोषणाबारे अहिले नै बोल्न हतार हुने उल्लेख गरे ।