SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ मंिर २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

जीर्ण पुलमा नयाँ रंगको लेपन, नयाँ पुलको सपना कहिलेसम्म अधुरै ?

दोलखा : वर्षौंदेखि जीर्ण अवस्थामा रहेको दोलखाको तामाकोशी नदीमाथिको पुरानो पुलमा पछिल्लो समय पहेँलो रंग लगाएर नयाँजस्तै देखाइएको छ। पुलको फलामे संरचनामा पहेँलो रंग चम्किएको छ  बाहिरबाट हेर्दा पुलको स्वरूप फेरिएको छ। तर पुलको वास्तविक अवस्था र नयाँ पुल निर्माणको वर्षौंदेखिको प्रतीक्षा भने फेरिएको छैन । जीर्ण पुलमा रंगरोगन गरेर आकर्षक बनाइए पनि नागरिकले खोजेको सुरक्षित र भरपर्दो नयाँ पुल अझै बन्न सकेको छैन ।