SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ मंिर २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

उखुबारीमा युवकको शव फेला, हत्याको आशंका

विराटनगर :  विराटनगर महानगरपालिका–४ इक्राहीस्थित उखुबारीमा शुक्रबार एक युवक मृत अवस्थामा फेला परेका छन्। करिब २५–२६ वर्ष उमेरका देखिने युवकको शव घोप्टो परेको अवस्थामा भेटिएको हो।स्थानीयले उखुबारीमा युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुग्दा युवकको शरीरमा लगाएका कपडा यथावत् थिए। उनको दाहिने कानमा चोट लागेको र घाउबाट रगत बगिरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।