SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ मंिर २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

‘महाराजा अग्रसेन ग्लोबल आइकन अवार्ड–२०२६’ बाट संविधानसभा सदस्य केडिया र सगरमाथा आरोही अग्रवाल सम्मानित

काठमाडौं : ‘अखिल भारतीय अग्रवाल संगठन’ले ‘महाराजा अग्रसेन ग्लोबल आइकन अवार्ड–२०२६’ बाट नेपालका संविधानसभा सदस्य विमल केडिया र सगरमाथा आरोही प्रीति अग्रवाल सम्मान गरेको छ। विश्वभर छरिएर रहेका अग्रवालको प्रमुख संगठन अखिल भारतीय अग्रवाल संगठनले नयाँ दिल्लीमा आयोजित कार्यक्रममा केडिया र अग्रवालले समाजमा पुर्‍याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरेको हो।